११ वाणिज्य बैंकमध्ये एनआईसी एशिया बैंकको लाभांश दिने क्षमता धेरै, अन्य कुनको कति ? (तथ्यांक सहित)

काठमाडौं । हालसम्ममा ११ वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, एनसीसी बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, लक्ष्मी बैंक, सिटीजन्स बैंक इन्टरनेशनल र सनराइज बैंक, माछापुच्छे बैंक र स्टान्डर्ड च्याटर बैंकले चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका हुन् । यी ११ बैंकमध्ये एनआईसी एशिया बैंकको सबैभन्दा बढी लाभांश वितरण गर्ने क्षमता छ ।
आर्थिक बर्षको चौथो त्रैमाससम्ममा बैंकहरुको वितरणयोग्य मुनाफा २ अर्ब २४ करोड रुपैयाँभन्दा बढी रहेको छ । उक्त वितरणयोग्य मुनाफाका आधारमा यस कम्पनीले लाभांश क्षमता १९ दशमलव ४३ प्रतिशत राख्दछ । यस कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा ४ अर्ब ५२ करोड रुपैयाँ भन्दा बढी नाफा कमाएको हो ।
एनएफआरएस प्रणाली अनुसार कम्पनीले आर्जन गरेको खुद नाफाबाट विभिन्न शीर्षकमा छुट्याए पछिको नाफा नै वितरणयोग्य नाफा हो । यही नाफाबाट कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्ने गर्दछ । कम्पनीको वितरणयोग्य मुनाफालाई कम्पनीको कायम शेयर संख्याले भाग गरेर लाभांश क्षमता निस्कन्छ ।
यस कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरी नेपाल राष्ट्र बैंकसँग स्वीकृति मागेको थियो ।तर बैंकले उच्च कर्जा विस्तार गरेका कारण क्यापिटल कन्जरभेसन बफर नदेखिएको भन्दै राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएपछि कम्पनीको लाभांश रद्द गरेको थियो ।
त्यसैगरी दोस्रोकम स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रति शेयर वितरण योग्य मुनाफा १६ दशमलव ९० प्रतिशत छ। बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५९ करोड छ ।स्टयाण्डर्ड च्याट्र बैंकको १६।९० प्रतिशत रहेको छ। कम्पनीले अघिल्लो आर्थिक बर्षको मुनाफाबाट ३ दशालव ०६ र १३ दशमलव ०६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
तेस्रोमा ग्लोबल आइएमई बैंकले लाभांश क्षमता १३ दशमलव ४५ प्रतिशत रहेको छ । कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ३ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य मुनाफा ३ अर्ब १९ करोड रुपैयाँ रहेको छ ।
वित्तीय विवरण सार्वजनिक गरेका आठ वाणिज्य बैंकमध्ये सबैभन्दा कम लाभांश क्षमता सनराइज बैंकको २ दशमलव ५३ प्रतिशत रहेको छ ।यस कम्पनीको वितरणयोग्य नाफा गत आवको चौथो त्रैमाससम्ममा २५ करोड ६१ लाख रुपैयाँ रहेको छ । सबैभन्दा बढी खुद नाफा भने ग्लोबल आइएमई बैंकको छ । बैंकले ५ अर्ब २० करोड रुपैयाँभन्दा आर्जन गर्न सफल भएको छ।













