नेप्सेमा विन्ध्यबासिनी हाइड्रोपारको आइपीओ सूचीकृत, कति पाउला ओपनिङ्ग रेञ्ज ?

११ श्रावण २०७९, बुधबार १६:५७

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ आज ‘बिएचडिसी’ सिम्बोलबाट सूचीकृत भएको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका १ करोड कित्ता सूचीकृत गराएको हो । कम्पनीले बिक्री प्रबन्धक सानिमा क्यापिटलमार्फत १० लाख कित्ता स्थानीय बासिन्दाका लागि, सर्वसाधारण लगानीकर्ताहरुमा वितरण गरएको (सामूहिक लगानी कोष र कर्मचारीहरु समेत) १५ लाख कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ७५ लाख कित्ता गरी कुल १ करोड कित्ता नेप्सेमा सूचीकृत भएको हो ।

सूचीकृत पश्चात् कम्पनीको शेयर भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।

कम्पनीको आइपीओले पहिलो कारोबारका लागि १११ रुपैयाँ ३४ पैसादेखि ३३४ रुपैयाँ २ पैसासम्म पाउने देखिएको छ । नेप्सले पहिलो कारोबारका लागि कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा मूल्य तोक्ने गर्दछ । यसर्थ कम्पनीले उक्त ओपनिङ्ग रेञ्ज पाउने देखिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*