अपर तामाकोशी हाइड्रोपावरद्धारा साधारण सभा सूचना पुनः प्रकाशित, समेटियो हकप्रद निष्काशनको प्रस्ताव

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले १४ औँ वार्षिक साधारण आह्वान गरेको छ । कम्पनीले यसअघि प्रकाशित गरेको नोटिस सच्याएर पुनः एजिएम नोटिस प्रकाशित गरेको हो ।
कम्पनीले सच्याएर प्रकाशित गरेको सूचनामा हकप्रद शेयर निष्काशनको प्रस्ताव समेटिएको छ, जुन अघिल्लो सूचनामा समावेश गरिएको थिएन ।
जस अनुसार अब कम्पनीको वार्षिक साधारण सभाबाट कम्पनीको पूँजी वृद्धिको लागि प्रबन्धपत्रमा संशोधन गर्ने र विद्यमान चुक्ता पूँजीको आधारमा १ः१ को अनुपातमा हकप्रद सेयर जारी गरी पूँजी संकलन गर्ने प्रस्ताव पारित गरिनेछ ।
कम्पनीको संचालक समितिको बैठकको निणर्यअनुसार सभा भदौ ५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।














