आशा लघुवित्तद्धारा ठुलो संख्यामा कर्मचारी माग, एसएलसी उत्तिर्णलाई समेत अवसर

१२ श्रावण २०७९, बिहीबार १०:४४

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

संस्थाले नायव प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ प्रवन्धक, सहायक प्रवन्धकमा १ जनाका दरले र वरिष्ठ अधिकृत, कनिष्ठ अधिकृतमा केहि संख्यामा त्यस्तै सहायक प्रशिक्षार्थिमा केहि संख्यामा कर्मचारी माग गरेको होे ।

कम्पनीले सो पदहरुका लागि न्युनतम एसएलसी उत्तिर्ण देखि स्नाकोत्तर उत्तिर्ण सम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले १५ दिन भित्र कम्पनीको इमेल  [email protected]  मा गएर सुचना अनुसार दरखास्त दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*