उतारचढावकाबीच दोहोरो अंकले बढ्यो शेयरबजार, १० उपसूचक चम्किदा करिब ५ अर्बको कारोबार

१२ श्रावण २०७९, बिहीबार १५:१८

काठमाडौं । बिहिबार शेयरबजार दोहोरो अंकले बढेको छ । उतारचढावकाबीच आज नेप्से परिसूचक १५.४४ अंकले बढेर २१२७ विन्दुमा उक्लिएको छ ।

मौद्रिक नीतियता सुधार देखिएको शेयरबजारमा मंलबार एकाएक उच्च अंकको गिरावट आएको थियो । त्यसयता पुनः शेयरबजारमा क्रमिक सुधार देखिएको छ ।

आज नेप्सेमा सूचीकृत २२१ कम्पनीको १ करोड १९ लाख ५५ हजार ७६ कित्ता किनबेच हुँदा ४ अर्ब ९७ करोड माथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज निर्जिबन बीमा, उत्पादन तथा प्रशोधन र अन्य समूह बाहेकका सबै समूहमा हरियाली छाएको छ ।

सर्वाधिक प्रतिशतका आधारमा फाइनान्स समूह ३.२७ प्रतिशतले बढेको छ भने रुपैयाँका आधारमा विका बैंक समूह ८४.३८ रुपैयाँले बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*