नेपाल बैंकको डबल धमाका मुद्दती खाता संचालनमा, साढे ६ वर्षमा निक्षेपको दोब्बर रकम पाइने

काठमाडौं । नेपाल बैंक लिमिटेडले डबल धमाका मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई थप सुविधा दिने हेतुले उक्त खाता संचालनमा ल्याएको हो ।
यस खाताअन्तर्गत ग्राहकले लगानी गरेको रकम ६ वर्ष ४ महिना २० दिनमा निक्षेपको दोब्बर रकम पाउनेछन् ।
बैंकका अनुसार संस्थाको हकमा ७ बर्ष ३ महिनामा मुद्दतीको रकम दुईगुणा हुने बैंकले जनाएको छ । त्यसैगरी रेमिट्यान्सबाट प्राप्त रकम यस मुद्दती खातामा लगानी गर्दा छ बर्ष ११ महिना १ दिनमा दुई गुणा हुनेछ ।
यस मुद्दती खाता खोल्ने ग्राहकहरुले पाँच लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुबिधा लगायत अन्य आकर्षक सुबिधाहरु पनि प्राप्त गर्नेछन् । नेपालभरका सम्पूर्ण शाखाहरुमार्फत यो मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ ।













