सिवाईसी नेपाल लघुवित्तको नाफामा उत्कृष्ट सुधार, इपीएस ६६ रुपैयाँ पुग्यो

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद नाफामा उल्लेख्य सुधार गरेको छ ।
संस्थाले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार ८ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो आवको तुलनामा ५५.०८ प्रतिशतले धेरै हो । अघिल्लो आवको यस अवधिसम्म लघुवित्तले ५ करोड १८ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।
लुघवित्तको नाफामा उत्कृष्ट सुधार आएसँगै यता प्रतिशेयर आम्दानी (इपीएस) पनि बढ्न पुगेको छ । यस अवधिसम्म संस्थाको इपीएस २ रुपैयाँ ९५ पैसा बढेर ६६ रुपैयाँ ४ पैसा पुगेको छ ।
साथै चौथो त्रैमाससम्ममा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि लघुवित्तको खुद नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५७.२३ प्रतिशत बढेर २१ करोड ९९ लाख रुपैयाँ पुगेको छ सञ्चालन मुनाफा ६२.११ प्रतिशत बढेर ३ करोड ३८ लाख ३० हजार रुपैयाँ पुगेको छ ।
सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २५.७२ गुणा रहेको छ भन प्रतिशेयर नेटवर्थ २३० रुपैयाँ ८६ पैसा रहेको छ । त्यस्तै, अघिल्लो आर्थिक वर्षमा ऋणात्मक अवस्थामा रहेको लघुवित्तको खराब कर्जा सुधार हुँदै १.९५ प्रतिशतमा पुगेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४८.१५ प्रतिशत बढेर १२ करोड १६ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषको आकार १९९.७२ प्रतिशतले बढेर २८ करोड ८ लाख रुपैयाँ संचित रहेको छ ।
त्यस्तै, यस अवधिसम्म संस्थाले बैंक तथा वित्तीय संस्थाबाट १ अबए ६४ करोड रुपैयाँ सापटी लिई १ अर्ब ३९ करोड निक्षेप संकलन तथा ३ अर्ब ५९ करोड रुपैयाँ कर्जा परिचालन गर्न सफल भएको छ ।













