रिलायबल नेपाल लाइफको खुद बीमाशुल्क आर्जन २७ प्रतिशतले बढ्यो, जीवन बीमा कोषमा छलाङ

१३ श्रावण २०७९, शुक्रबार १२:५५

काठमाडौं । जीवन बीमा कम्पनीहरुमध्ये रिलायबल नेपाल लाइफले चौथौको पहिलो वित्तिय विवरण सार्वजनिक गर्न सफल भएको छ। कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा खुद बीमाशुल्क आर्जन २७ प्रतिशतले बढाएर ३ अर्ब ३७ करोड रुपैयाँ पुराएको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले २ अर्ब ९५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले गत आर्थिक वर्षमा कुल बीमा शुल्क आर्जन ३२ प्रतिशतले बढेर तीन अर्ब ९७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन ३ अर्ब १ करोड रुपैयाँ रहेको छ।यस अवधिसम्ममा कम्पनीको खुद मुनाफा २१ दशमव ६५ प्रतिशतले बढेर २७ करोड ४८ लाख रुपैयाँमा कायम भएको छ। गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको खुद मुनाफा २२ करोड ५९ लाख रुपैयाँ रहेको थियो ।कायम पोलिसी सङख्याको आधारमा हेर्ने हो भने गत बर्षको तुलनामा बीमितहरुको सङख्या बढेसँगै पोलिसी बिक्रिमा पनि उत्साहजनक सुधार देखिएको छ । गत बर्ष ३६ लाखको हाराहारीमा बीमालेख रहेको कम्पनीको पोलिसी यस बर्षको बढेर ५० लाखमा कायम भएको छ।

त्यस्तै, कम्पनीको मेरुदण्डको रुपमा रहेको अभिकर्ताहरुको कमिशन यस बर्ष प्रतिशतले बढेको छ। गत बर्ष ४२ करोड रुपैया अभिकर्ता कमिशन भुक्तानी गरेको कम्पनीले यस आर्थिक बर्षको असार मसान्तसम्ममा ५७ करोड ६९ लाख रुपैयाँ भुक्तानी गरेको छ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार असार मसान्तसम्ममा कम्पनीले आफनो जीवन बीमा कोष मजबुत बनाएको छ । कम्पनीको जीवन बीमा कोष ७८ प्रतिशतले बढेर ४ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको बीमा कोषमा २ अर्ब ५८ करोड रुपैयाँ रहेको थियो ।

कम्पनीको जगेडा कोषको आधारमा २९ प्रतिशते बढेर १ अर्ब ९ करोड रुपैयाँ संञ्चिती बढेको छ भने महाविपत्ति कोष ३४ प्रतिशतले बढेर १० करोड रुपैयाँ पुगेको छ ।यस आर्थिक बर्षसम्ममा कम्पनीको जीवन बीमा कोष, जगेडा कोष र महाविपत्ति कोष गरि ५ अर्ब ८० करोड रुपैयाँ संञ्चिती रहेको छ ।

कम्पनीको हालको चुक्ता पुँजि १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । बीमा समितिले चैत मसान्तसम्ममा ५ करोड रुपैयाँ पुँजि बढाउन निर्देशन दिईसकेको छ । जसको कारण कम्पनी मर्जर्ल भन्दा पुँजि वृद्धिमा बढी केन्द्रित भएको देखिन्छ । कम्पनीको पुँजि वृद्धिको लागि संस्थापक शेयरधनीलाई १ः१ का दरले थप लगानी गर्न आग्रह गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*