दुई कम्पनीको शेयरमा सर्किट, आज अधिकांश विकास बैंकको शेयरमूल्य बढ्यो

१३ श्रावण २०७९, शुक्रबार १३:१३

काठमाडौं । साता कारोबारको अन्तिम दिन शुक्रबार शेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक १२.९२ अंकले बढेर २१४० को विन्दुमा पुगेको छ ।

नेप्सेमा सूचीकृत २१६ कम्पनीको ५१ लाख ११ हजार ३१० कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९१ करोडमाथिको कारोबार भएको छ ।

नेप्सेमा सामान्य सुधार आउँदा दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा रिलायन्स लाइफ इन्स्योरेन्स र राष्ट्र उत्थान लघुवित्त रहे्को छ ।

त्यस्तै, लुम्बिनी विकास बैंकको ८.८४ प्रतिशत, एक्सेल डेभलपमेन्ट बैंकको ६.७९ प्रतिशत र सांग्रिला डेभलपमेन्ट बैंकको ६.१५ प्रतिशतले बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*