यस्तो छ पूर्व अर्थमन्त्री शर्मालाई क्लिन चिट दिने गृह मन्त्रालयको पत्र

१३ श्रावण २०७९, शुक्रबार १९:००

काठमाडौं । पूर्व अर्थमन्त्री शर्मालाई किल्न चिट गृह मन्त्रालयको साउन १० गतेको पत्रले सहज भएको छ । गृह मन्त्रालयको साउन १०को पत्रमा सिसिटिभिको फुटेज प्रहरी गणको जिम्मा रहेको र उक्त फुटेज १६ दिनसम्म मात्रै संञ्चित रहने व्यवस्था भएकाले हाल उपल्ब्ध गराउन नसकिएको भन्दै गृह मन्त्रालयले छानबिन समितिलाई उक्त पत्र पठाएको थियो । करको दर हेरफेरमा अनाधिकृत व्यक्तिको प्रवेशको बिषयलाई लिएर उनले अर्थमन्त्रीको पदबाट बर्खास्त दिएको थियो । उनको क्लिन चिटमा गृहको समेत ठूलो राहत देखिएको हो। बजेट सार्वजनिकको अघिल्लो रात मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दायरा हेरफेर गरेको आरोपपछि छानबिनको लागि बनेको बिशेष संसदीय समितिले माग गरेको सिंहदरबारको गेटको फुटेज नभएको पत्र पठाएको थियो ।

सिंहदरबारको गेटको सीसीटीभी नरहेको भन्दै गृहले पत्र संसदीय समितिलाई पठाएको हो । फुटेज १६ दिनभन्दा धेरै नरहने भन्दै गृहले संसदीय बिशेष समितिलाई उक्त पत्र पठाएको हो ।शर्मामाथि छानबिन गरिरहेको समितिले साउन ८ गते सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाउने निर्णय गरेको थियो । उक्त निर्णयको जवाफ गृहले दिएको हो । छानबिन समिति बैठकले थप प्रमाण जुटाउने क्रममा जेठ १४ गते राति सिंहदरबार आउजाउ गरेकाहरू हेर्न दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाउने भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*