एनआइसी एशियाको सर्वश्रेष्ठ मुद्दती योजनामा १० लाख राख्दा १ करोड पाइने, साथमा ८४ लाखको बीमा (भिडियोसहित)

१४ श्रावण २०७९, शनिबार ०९:३०

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले १० गुणा मुद्दती योजना ल्याएको छ । बैंकले सार्वजनिक गरेको ‘एनआइसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’मा ८४ लाख रुपैयाँसम्मको बीमा सुधिवा थप गरेको छ ।

बैंकले यसबारे थप जानकारी दिन ग्राहकहरुसमक्ष भिडियो समेत सार्वजनिक गरेको छ । आफ्ना ग्राहकरुलाई थप सुविधा दिने हेतुले बैंकले यस योजनामा विभिन्न सुविधाहरु थप गरेको छ ।

बीमा जगतलाई नै तरंगित हुने गरी एनआईसी एसिया बैंकले अघि सारेको योजनामा आम बचतकर्ताहरुको आकर्षण बढेपछि बैंकले बीमा सुविधा थप गरेको हो । बैंकले मुद्दति निक्षेपमा १० गुणा फिर्ता पाइनेछ । अर्थात आज दश लाख रुपैयाँ मुद्दति निक्षेपमा जम्मा गर्दा एक करोड रुपैयाँ पाइनेछ । एनआईसी बैंकले अघि सारेको यो मुद्दति निक्षेप योजना न्यूनतम् १० हजार रुपैयाँबाट खाता खोल्न सकिने बैंकले जनाएको छ । १० हजार रुपैयाँ जम्मा गर्दा बैंकले एक लाख रुपैयाँ भुक्तानी गर्नेछ ।

त्यस्तै १० लाख रुपैयाँ जम्मा गर्दा एक करोड रुपैयाँ भुक्तानी गर्नेछ भने १० करोड रुपैयाँ मुद्दति निक्षेपमा जम्मा गर्दा एक अर्ब रुपैयाँ भुक्तानी पाइनेछ ।बैंकले गत असार १२ गतेदेखि निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदर सहितको उक्त मुद्दती योजना सार्वजनिक गरेको हो । यस आकर्षक योजना व्यक्तिगत, संस्थागत एवं रेमिन्टास ग्राहक लक्षित गरि ल्याइएका हुन् । १० हजार रुपैयाँमा खोल्न यस मुद्दती योजनामा १० गुणा रकम फिर्ता, १० गुणा प्रतिफलका साथै ८४ लाख रुपैयाँसम्मको बीमा सुविधा पाउन सकिनेछ ।

साथै यस योजनाअन्तर्गत ग्राहकहरुले निक्षेप र पाकेको ब्याज रकमको धितोमा ९० प्रतिशत सम्म कर्जा सुविधा पाउनेछन् । यसका साथै ५ लाख सम्मको क्रेडिट कार्ड निःशुल्क पाउने बैंकले जनाएको छ । बैंकका अनुसार यो योजना साउन महिनासम्मको लागि मात्र उपलब्ध हुनेछ ।

एनआइसी एशिया बैंकको १० गुणा मुद्दती योजनाको भिडियो :

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*