एनसीसी बैंकको सवा १० लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ ।
कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि संचालक समिति समक्ष निवेदन पेश गरेकोमा कम्पनी उक्त शेयरहरु बिक्री गर्न ३५ दिने सूचना प्रकाशित गरेको हो ।
बैंकले संस्थापक शेयरधनीहरु शिला श्रेष्ठको नाममा रहेको ३ हजार ८१३ कित्ता, राज कुमार महर्जनको नाममा रहेको ७ हजार ६२५ कित्ता, दिपक रत्न शाक्यको नाममा रहेको ३ लाख १५ हजार १३ कित्ता, कोष राज बन्तको नाममा रहेको ४ लाख २६ हजार ९६२ कित्ता, अम्बर बहादुर तामाङको ४४ हजार ३२६ कित्ता, दिपक लामाको १ लाख ३ हजार ४२९ कित्ता र मेनका लामाको नाउमा रहेको १ लाख १२ हजार ४३४ कित्ता गरी कुल १० लाख १३ हजार ६०२ कित्ता बिक्री गर्न लागेको हो ।
उक्त शेयरहरु खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बागबजार, काठमाडौंस्थित शेयर विभागमा लिखित प्रस्ताव पेश गर्न सक्नेछन् ।
साथै तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट कुनै पनि लिखित प्रस्ताव नआएको खण्डमा उक्त शेयर अन्य कुनै व्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।













