प्रभु र सेञ्चुरी बैंकबीच मर्जर सम्झौतापत्रमा हस्ताक्षर, मर्जरपछि २२ अर्ब चुक्ता पुँजी

१५ श्रावण २०७९, आईतवार २०:२७

प्रभु र सेञ्चुरी बैंकबीच मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुवै बैंकका संचालकहरूले उपस्थितीमा होटल मोरियटमा आाज मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । मर्जर सम्झौता भएसँगै प्रभु बैंकले सेञ्चुरी बैंकलाई १ः१ रोसियोमा प्राप्त गर्नेछ

प्रारम्भिक सम्झाैता अनुसार सात सदस्यीय सञ्चालक समितिमा ४ जना प्रभु बैंकबाट हुने छन् भने तीन जना सेञ्चुरी बैंकबाट हुने छ।
प्रमुख कार्यकारीमा प्रभु बैंकबाट अशाेक शेरचनले निरन्तरता पाउने छन्।
राष्ट्र बैंककाे नीति र अहिलेकाे अवस्थालाई ध्यान राखेर गाभ्ने गाभिने सहमति भएकाे शेरचनले बताए।

सेञ्चुरीले करिब दुई सातासम्म माछापुच्छ्रेसँग छलफल गरे पनि स्वाप रेसियोमा कुरा नमिलेपछि प्रभु बैंक तिर मर्जर मोडिएको थियो। सेञ्चुरीले माछापुच्छ्रेलाई मर्जरको अफर गरेको थियो। तर स्वाप रेसियो कति राख्ने भन्ने तहमा समेत छलफल भएपछि बीचमै सेञ्चुरीले प्रभु बैंक रोजेको हो।

सेञ्चुरीको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। प्रभुको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ। दुई बैंक मर्जरमा जाँदा २२ अर्ब चुक्ता पुँजी पुग्ने छ। दुई बैंक मर्जरमा जाँदा २२ अर्ब चुक्ता पुँजीको बैंक निर्माण हुने छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*