खराब कर्जा बढेसँगै सूर्योदय वोमी लघुवित्तको नाफा घट्यो, चुक्तापुँजी ९२ प्रतिशतले वृद्धि

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार लघुवित्तको खुद नाफा घटेको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १३ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.०६ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १६ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी बढेपनि सञ्चालन खर्च, संचालन मुनाफा र कर्मचारी खर्च बढेपछि लघुवित्तको नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४५.६७ प्रतिशत बढेर ४६ करोड ७६ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ४७.११ प्रतिशत बढेर ५८ करोड १० लाख रुपैयाँ पुगेको छ।
त्यस्तै लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा १६.०६ प्रतिशत घटेर १८ करोड ७९ लाख रुपैयाँ पुगेको छ भने यस अवधिसम्म लघुवित्तको खराब कर्जा समेत १.३८ प्रतिशतबाट बढेर ३.४६ प्रतिशत पुगेको छ । यसकारण पनि लघुवित्तले खुद नाफामा सुधार गर्न नसकेको हो ।
खुद नाफा घटेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २१ रुपैयाँ ३४ पैसा घटेर १७ रुपैयाँ ६३ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४४.४१ गुणा रहेको छ भन प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ५५ पैसा रहेको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ९२.२६ प्रतिशत बढेर ७९ करोड १९ लाख रुपैयाँ पुगेकोमा जगेडा कोषको आकार ८९.५२ प्रतिशत बढेर ५५ करोड८७ लाख रुपैयाँ संचित रहेको छ । त्यसैगरी, लघुवित्तको सापटी १६७.९७ प्रतिशत, निक्षेप १६१.७५ प्रतिशत र कर्जा १३६.१८ प्रतिशत बढेको छ।













