सेञ्चुरी बैंकको शेयर कारोबार रोक्का
१६ श्रावण २०७९, सोमबार १०:३७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको शेयर कारोबार रोक्का गरिदिएको छ ।
प्रभु बैंक बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच साउन १५ गते एकआपसरमा मर्जरमा जाने सहमति भई सम्झौतापत्र (एमओयू)मा हस्ताक्षर भएअनु्सार नेप्सेले आजदेखि सेञ्चुरी कमर्सियल बैंकको कारोबार रोक्का गरिदिएको हो ।
प्रभु र सेञ्चुरी बैंकका संचालकहरुको उपस्थितिमा हिज होटल मेरियटमा मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । प्रभु बैंकले सेञ्चुरी बैंकलाई १ः१ रेसियोमा प्राप्ति गरेको हो ।














