बेष्ट फाइनान्समा रोजगारीको अवसर
१६ श्रावण २०७९, सोमबार १०:४६

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो ।
कम्पनीले हेड अफ इन्फर्मेसन टेक्नोलोजी डिपार्टमेन्ट र हेड अफ मार्केटिङमा १ जनाका दरले कर्मचारी माग गरेको हो । सो पदमा आवेदन दिनको लागि स्नातक उत्तिर्ण गरेको हुनुपर्ने छ ।
योग्यता पुगेका इच्छुक उम्मेदवारले कम्पनीको इमेल [email protected] मा गएर १५ दिन भित्र आवेदन दिन सक्नेछन् ।

सुचना फाइनान्सियल नोटिस डटकमकबाट लिएको













