खराब कर्जा र खर्च बढेसँगै नाडेप लघुवित्तको नाफामा गिरावट, ५ अर्बको कर्जा परिचालन

१६ श्रावण २०७९, सोमबार ११:१७

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा गिरावट आएको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ११ करोड ४० लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा २८.९६ प्रतिशतले कमी हो । अघिल्लो आवको यसै अवधिसम्ममा लघुवित्तले १६ करोड ६ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफा दुबै घट्न पुगेको छ । यसकारण पनि लघुवित्तले नाफामा सुधार गर्न नसकेको हो ।

समिक्षा अवधिसम्ममा खुद ब्याज आम्दानी १७.९४ प्रतिशतले घटेर ३९ करोड १० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४७.७४ प्रतिशतले घटेर १३ करोड ४ लाख रुपैयाँमा सीमित भएको छ ।

त्यस्तै, यस अवधिसम्म लुघवित्तको कुल संचालन मुनाफा घट्न पुगेको छ भने कर्मचारी खर्च बढ्न पुगेको छ । अघिल्लो आवको यस अवधिसम्म कर्मचारी खर्च २० करोड १ लाख रुपैयाँमात्रै रहेकोमा यस अवधिसमम बढेर २४ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ४५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ८४ पैसा रहेको छ । त्यस्तै तरलता अनुपात ५.७० गुणा रहेको छ । त्यस्तै, खराब कर्जा समेत ३.५१ प्रतिशतबाट बढेर ४.८९ प्रतिशत पुगेको छ ।

गत आवको असार मसान्तसम्ममा लघुवित्तको चुक्तापुँजी ४८ करोड ५७ लाख रुपैयाँ रहेकोमा जगेडा कोषको आकार बढेर ३९ करोड २७ लाख रुपैयाँ कोषमा संचित रहेको छ ।

साथै यस अवधिसम्म संस्थाले बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ६ करोड ६९ लाख रुपैयाँ सापटी लिई १ अर्ब ७७ करोड १३ लाख रुपैयाँ कर्जा परिचालन तथा ५ अर्ब १ करोड ५६ लाख रुपैयाँ कर्जा परिचालन गर्न सफल भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*