साढे चार अर्बमाथिको कारोबार भएको शेयरबजारमा यी कम्पनीको शेयर भयो सर्वाधिक खरिदबिक्री

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयरबजार झिनो अंकको बृद्धि भएको छ । दुईतिन दिनयता सुधार देखिएको शेयर बजारमा आज सामान्य अंकले मात्रै बढ्न पुगेको हो ।
नेप्से १ अंकले बढेर इन्डेक्स २१९६ को विन्दुमा कायम भएको छ । अघिल्लो दिन एकाएक आक्रामक सुधार देखिएको शेयरबजारमा आज तुलनात्मक हिसाबमा घट्न पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरुको सीडी रेसियो बढ्ने क्रम जारी भएजारी भएसँगै अघिल्लो दिनको तुलनामा शेयरबजारमा केही गिरावट आएको हो ।
नेप्सेमा सूचीकृत २१७ कम्पनीको १ करोड ५ लाख १८ हजार ७१२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६० करोडमाथिको कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्सको ३८ करोड ३१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिस्टिलरीको १६ करोड २७ लाख, एचआइडिसिएलको १३करोड ७६ लाख, अपि पावरको १२ करोड ९१ लाख र अरुण भ्याली हाइड्रोपावरको १२ करोड ८९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।














