आईपीओ भर्दा तीन बैंकको आश्वा शुल्क नलाग्ने, २४ बैंकमा शुल्क तिनुपर्ने (यस्तो छ कानुनी व्यवस्था)

काठमाडौं । आईपीओ भर्दा तीन वाणिज्य बैंकमा खाता भएका लगानीकर्ताले आईपीओ भर्न सेवा उपलब्ध गराए वापत बैंकहरुलाई तिर्नुपर्ने शुल्क सि आश्वा बिना नै निःशुल्क रुपमा आवेदन दिन पाउनेछन् ।हाल राष्ट्रिय वाणिज्य बैंकमा बैंक, नबिल बैंक र एनआईसी एशिया बैंकमा बैंक खाता भएका लगानीकर्ताले सि आश्वा शुल्क तिर्नुपर्दैन ।२४ वाणिज्य बैंकका लगानीकर्ताले भने शुल्क तिर्नुपर्नेछ ।
सेयर बजारमा सर्वसाधारण लगानीकर्ताको सहभागिता बढ्दै जाँदा डिम्याट खाता खोल्ने, मेरो सेयर लिनेको संख्या पनि निरन्तर बढिरहेको छ ।सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार हाल डिम्याट खाताको सख्या ५३ लाख ९३१ लपुगेको छ । डिम्याट खाताका साथै मेरो सेयर खाताको संख्या पनि निकै बढेको छ । सिडिएससीका अनुसार मेरो सेयरको संख्या ४४ लाख १ हजार ५७ पुगेको छ । सिडिएससीको विवरणअनुसार पछिल्लो समय डिम्याट र मेरो सेयर खाताको संख्या उल्लेख्य वृद्धि भएको छ
बैक अनुसार आस्वा शूल्क पनि फरक फरक रहेको छ । नेपालमा संचालनमा रहेका २७ वाणिज्य बैकहरु मध्ये २३ बैकले १० रुपैयाँ देखि १०० रुपैयाँसम्म आस्वा शुल्क लिन थालेका छन् । कुनै बेला सबैजसो बैंकले सि आश्वा सेवा निःशुल्क बनाएपनि पछिल्लो समय धमाधम शुल्क असुल्न थालेका हुन् ।
दश वाणिज्य बैंकहरु कृषि विकास, प्राइम कमर्सियल, नेपाल बंगलादेश, सिद्धार्थ, माछापुच्छ्रे, बैंक अफ काठमाण्डू, प्रभु, एनसीसी, सिभिल र सनराइज बैंकका लगानीकर्ताले सि आश्वा वापत आईपीओ भर्दा प्रतिआवेदन १० रुपैयाँ शुल्क तिर्नुपर्छ । सनराइज बैंकले भने कागजी रुपमा लेखेर आवेदन गर्ने लगानीकर्ताबाट थप १५ जोडेर २५ रुपैयाँ लिने गरेको छ ।
यस्तै ग्लोबल आइएमई बैंकले फागुनदेखि लागू हुनेगरी निशुल्क रहेको आश्वा शुल्क बढाएर प्रतिआवेदन १५ रुपेयाँ पुर्याएको छ । थप पाँच बैकले लगानीकर्तालाई सि आश्वा सेवा उपलब्ध गराए वापत हरेक पल्ट २० रुपैयाँ शुल्क बुझाउनुपर्छ। प्रतिआवेदन २० रुपैयाँ बुझाउनुपर्ने बैंकहरुमा हिमालयन, सिटिजन्स, एनएमबि, एरभेष्ट र कुमारी बैंक रहेका छन् ।
थप पाँच बैंकबाट २५ रुपैयाँ शुल्क तिर्नुपर्छ । यसरी एउटा आवेदनबाट २५ रुपैयाँ शुल्क लिने बैंकहरुमा नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट, लक्ष्मी बैंक, सेञ्चुरी कमर्सियल, र नेपाल एसबिआई बैंकले लिने गरेका छन् ।
आश्वा सम्बन्धी कानुनमा यस्तो छ व्यवस्था

धितोपत्र खरिद (सार्वजनिक निष्कासन) सम्बन्धी (दोस्रो संशोधन) निर्देशिका, २०७३ बैंक तथा वित्तीय संस्थाले आस्वा सेवा उपलब्ध गराए वापत लिन पाउने शुल्कको व्यवस्था गरिएको छ ।निर्देशिकाको परिच्छेद ४ मा विविध शीर्षक अन्तर्गत सेवा शुल्क लिन सक्ने व्यवस्थामा बुँदा नम्बर १२ उपदफा (१) मा बैंक वा वित्तीय संस्थाले निर्देशिका बमोजिम धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराए बापत बढीमा १०० रुपैयाँ सेवा शुल्क लिन सक्ने व्यवस्था छ ।उक्त एने अन्तर्गत १४ कम्तीमा तीन दिन अघि उपदफा (१) बमोजिम लिने शुल्कको बारेमा आफ्नो कार्यालयको सूचना पाटी, वेबसाईट वा राष्ट्रियस्तरको दैनिक पत्रपत्रिका मार्फत सर्वसाधारणलाई जानकारी गराउनुपर्ने भन्ने उल्लेख छ ।














