एक अर्ब चुक्तापुँजी भएको आरएमडिसी लघुवित्तको नाफामा उल्लेख्य सुधार, इपिएस कति ?

१७ श्रावण २०७९, मंगलवार ०७:४०

काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ३५ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९९.४८ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १७ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा दुबै बढेसँगै इम्पेरमेन्ट चार्ज घटेका कारण लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४९.५९ प्रतिशत बढेर ६० करोड ५३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ८६.०१ प्रतिशत बढेर ५१ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।

खुद नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ११ रुपैयाँ ३९ पैसा बढेर २८ रुपैयाँ ६० पैसामा सीमित भएको छ । सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २६८ रुपैयाँ १८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २९.३० गुणा रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २० प्रतिशत बढेर १ अर्ब २४ करोड १० लाख रुपैयाँ पुगेको छ भने रिजर्भको आकार ४.८४ प्रतिशतले बढेर कोषमा २ अर्ब ८ करोड रुपैयाँ संचित रहेको छ ।

यस अवधिसम्म लघुवित्तले बैंक तथा वित्तीय संस्थाबाट २५करोड १५ लाख रुपैयाँ सापटी लिई ११ अर्ब ६८ करोड ९७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*