आम्दानी बढेसँगै पाँचथर पावरको नाफामा उछाल, इपीएस बढ्यो

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १६ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
कम्पनीले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको नाफा ३२८.६७ प्रतिशतको उछाल देखिएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यस अवधिसम्म कम्पनीको विद्युत बिक्री आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो । सो अवधिसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी २६.४९ प्रतिशत बढेर ४० करोड ३० लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, कम्पनीको कुल नाफा ३७.६८ प्रतिशत बढेको छ भने अन्य आम्दानी ४२९.६३ प्रतिशत बढेको छ ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८३ पैसा बढेर १६ रुपैयाँ ७४ पैसा पुगेको छ । सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १७.२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ ५ पैसा रहेको छ ।
गत आवको असार मसान्तसम्ममा ९६ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ११ करोड ६० लाख रुपैयाँ संचित रहेको छ ।












