हिमाल दोलखा हाइड्रोपावरको शेयर कारोबार फुकुवा, बुकक्लोजको मिति पुनः तोक्न नेप्सेको निर्देशन

१७ श्रावण २०७९, मंगलवार १०:५६

काठमाडौं । नेपाल स्टक एक्सचञ्ज (नेप्से)ले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा गरिदिएको छ । कम्पनीको साउन १५ गतेको पत्रानुसार नेप्सेले सो कम्पनीको कारोबार फुकुवा गरिदिएको हो ।

कम्पनीको साउन १३ गते ११ बजे नेप्सेको कारोबार समयभित्र संचालक समितिको बैठक बस्नु कमजोरी हुन गई आइन्दा उप्रान्त त्यस्ता गल्ति कमिकमजोरी नगर्ने क्षमायाचना सहितको पत्र नेप्सेमा पेश गरेसँगै नेप्सेले सो कम्पनीको शेयर फुकुवा गरिदिएको हो ।

कम्पनीले बुकक्लोजको मिति साउन १९ गते तोकी सो जानकारी सो को जानकारी समेत नेप्सेमा समयमै दिन नसक्नुमा लेखाईमा त्रुटी भएको अनुरोध सहितको पत्र पठाएकोले, कम्पनीलाई बुकक्लोजको मिति तोकि पठाउन नेप्सेले निर्देशन दिएको छ । नेप्सेले कम्पनीको शेयर आजदेखि नै फुकुवा गरिदिएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*