यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

१७ श्रावण २०७९, मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा झिनो अंकले घट्न पुगेको छ । उतारचढावकाबीच नेप्से परिसूचक आज २.८१ प्रतिशतले घटेर २१९३ विन्दुमा पुगेको छ ।

नेप्समा सूचीकृत २१७ कम्पनीको ७८ लाख १३ हजार १०२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २९ करोडमाथिको कारोबार भएको छ ।

अघिल्ला दुई दिनको कारोबारको तुलनामा आज कारोबार रकम घट्न पुगेको छ । सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्सको शेयर कारोबार भएको छ । कम्पनीको आज एकैदिन २९ करोड ३२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिस्टिलरीको ९ करोड ९५ लाख, फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको ९ करोड २४ लाख, गोर्खाज फाइनान्सको ९ करोड ४ लाख र युनाइटेड इदि मार्दीको ७ करोड ६० लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*