मन्दाकिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, १६ सय जनाको आवेदन रद्द

१७ श्रावण २०७९, मंगलवार १६:१५

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर नक्साल काठमाडौंमा बाँडफाँड सम्पन्न भएको हो । कम्पनीले साउन ९ गतेदेखि साउन १२ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर आज बाँडफाँड भएको छ । आईपिओमा कुल १५ लाख ४७ हजार ९ सय ४९ जनाको आवेदकबाट कुल १ करोड ६९ लाख १६ हजार ९ सय ८० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये १ हजार ६ सय ६५ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका १५ लाख ४६ हजार २ सय ८४ जनालाई गोलाप्रथाको माध्यमबाट शेयर बाँडफांड गरिएको छ ।

जस अनुसार १ लाख ९ हजार ३ सय ७४ जनाले शेयर पाएका छन् । यी मध्ये ९ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् । क्यापिटलले साउन ९ गतेदेखि साउन १२ गतेसम्म सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्बसाधारणलाई ११ करोड ७६ लाख ७ हजार ३ सय रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ५८ हजार ८ सय ३ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो भने २३ हजार ५ सय २१ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको १० लाख ९३ हजार ७ सय ४९ कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्।

निष्काशन गरेको कुल सेयरमध्ये ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि र २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि आरक्षित गरी बाँकी रहेको १० लाख ९३ हजार ७४८ कित्ताका लागि सर्वसाधारणमा बिक्री खुल्ला गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*