एक वर्षमा सिद्धार्थ बैंकको खुद नाफा सवा ३ अर्ब, लाभांश क्षमता ३७ प्रतिशत

१८ श्रावण २०७९, बुधबार ११:०४

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ३ अर्ब २१ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार बैंकको नाफा १२.७८ प्रतिशतले बृद्धि भएको हो । अघिल्लो आवको यसै अवधिसम्ममा बैंकले २ अर्ब ८५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्म बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २७.७३ प्रतिशत बढेर ७ अर्ब ३ करोड ८१ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १३.१६ प्रतिशत बढेर ४ अर्ब ७१ करोड ५० लाख रुपैयाँ पुगेको छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब १० करोड ६८ लाख रुपैयाँ रहेको छ ।

नाफा सामान्य बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने केही घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३३ पैसा घटेर २५ रुपैयाँ ७१ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.७९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ९८ पैसा रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १४.२५ प्रतिशत बढेर १२ अर्ब ५२ करोड ४४ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ९ अर्ब ३९ करोड १० लाख रुपैयाँ संचित रहेको छ । । त्यसैगरी, बैंकको निक्षेप ५.८७ प्रतिशत र कर्जा १२.७२ प्रतिशत बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*