खर्च बढेसँगै सर्पोट लघुवित्तको नाफामा गिरावट, प्रतिशेयर आम्दानी कति ?

१८ श्रावण २०७९, बुधबार ११:४७

काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा गिरावट आएको छ ।

गत आवको चौथो त्रैमाससम्ममा लघुवित्तले २ करोड १० लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरको छ । जुन अघिल्लो आवको तुलनामा ३४.९५ प्रतिशतले कम हो । अघिल्लो आवको यसै अवधिसम्म लघुवित्तले ३ करोड २३ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफा दुबै घट्न पुगेको छ । यसकारण पनि लघुवित्तको नाफामा सुधार नदेखिएको हो ।

समिक्षा अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी ९.३१ प्रतिशतले घटेर ७ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ भने संचालन नाफा ३१.७७ प्रतिशतले घटेर ३ करोड ३३ लाख रुपैयाँ पुगेको छ । यस अवधिसम्म लुघवित्तको कर्मचारी खर्च र अन्य खर्च बढेसँगै नाफा घट्न पुगेको हो ।

साथै असार मसान्तसम्म लघुवित्तको खराब कर्जा समेत ४.४८ प्रतिशतबाट बढेर ४.५५ प्रतिशत पुगेको छ । नाफा घटेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ४९ पैसा कायम भएको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ १५९.५५ रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात ५१.२४ गुणा रहेको छ ।

यस अवधिसम्म लुघवित्तको चुक्तापुँजी ८ करोड ५८ लाख रुपैयाँ रहेकोमा जगेडा कोषमा ५ करोड १० लाख रुपैयाँ संचित रहेको छ । यस अवधिसम्म् लुघवित्तले बैंक तथा वित्तीय संस्थाबाट ९५ करोड २३ लाख रुपैयाँ सापटी लिई २६ करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन तथा १ अर्ब ३० करोड ५८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*