पुस मसान्तसम्म मर्जरमा जाने बैंक तथा वित्तीय संस्थालाई सुविधा निरन्तर, ६५ वर्ष उमेर नाघेकोले सिईओ बन्न वा पुनः नियुक्त लिन पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुस मसान्तभित्र मर्जरमा गई एकीकृत कारोबार सञ्चालन गर्ने वाणिज्य बैंक र लघुवित्त वित्तीय संस्थालाई यसअघि दिइएको छूट तथा सुविधा उपलब्ध गराउने भएको छ ।आफ्नै वर्ग भत्र गाभिइ वा प्राप्तिमा गई पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्नेलाई मर्जर तथा प्राप्ति सम्बन्धी छूट तथा सुविधा उपलब्ध हुने नेपाल राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैंकले एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै यस्तो निर्देशन दिएको हो । पुस मसान्तभित्र एकीकृत कारोबार गरेमा थप एक वर्ष सु्विधाको व्यवस्था गरेको छ। जसमा वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने÷गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा काठमाडौं उपत्यका बाहेकका महानगरपालिका र उपमहानगरपालिकामा एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म शाखा कार्यालय खोल्न यस बैंकको स्वीकृति नपर्ने व्यवस्था गर्ने भएको छ ।
वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने–गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा काठमाडौं उपत्यका बाहिर तीन वटा शाखा खोली सञ्चालनमा ल्याए पश्चात एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म काठमाडौं उपत्यकामा एक शाखा खोल्न यस बैंकको स्वीकृति लिनु पर्ने छैन ।
२०७९ पुस मसान्त भित्र गाभ्ने–गाभिने तथा प्राप्ति प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार गर्ने गरी दुई वा दुईभन्दा बढी वाणिज्य बैंकहरु एकापसमा गाभिने वन प्राप्ति प्रक्रियामा सहभागी भएमा एक पटकका लागि ६५ वर्ष उमेर नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त–पुनः नियुक्त हुन बाधा पर्ने छैन ।













