सेयर धितो कर्जामा चार करोडको सीमा खारेज, एउटै बैंकबाट १२ करोडसम्म ऋण पाईने

१८ श्रावण २०७९, बुधबार १४:२५

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्देशिका जारी गर्दै मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सिमा बढाईदिएको छ ।यसअघि मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा एउटा इजाजतपत्र प्राप्त संस्थाबाट अधिकतम ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ कायम गरिएकोमा हाल यसको सिमा बढाउँदै कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सिमा १२ करोड रुपैयाँ पुर्याईएको छ ।

तर, यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह÷नवीकरण गर्नु पर्नेछ । तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*