२० प्रतिशतभन्दा बढी लाभांश दिने लघुवित्तलाई राष्ट्र बैंकको छुट सुविधा, असार मसान्तसम्म पाइने
१८ श्रावण २०७९, बुधबार १४:३०

काठमाडौं । लघुवित्त वित्तीय संस्था लिमिटेडहरुले वार्षिक २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको २५ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्थामा अब २०८० असार मसान्तसम्म छुट पाउने भएको छ ।
नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन २०७८, संशोधन तथा परिमार्जन गरी थप ब्यवस्था गरेको हो ।
यसअघि राष्ट्र बैंकको एकीकृत निर्देशन २०७८, मा वार्षिक २० प्रतिशत भन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २० प्रतिशत माथिको प्रस्तावित लाभांशको २५ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्तव कोषमा जम्मा गर्नुपर्ने व्यवस्थामा गत असार मसान्तसम्मको लागि मात्र छुट प्रदान गर्ने व्यवस्था रहेको थियो ।













