बन्द भएको खाताको केवाइसी घरमै बसेर अपडेट गर्न सकिने राष्ट्र बैंकको निर्देशन
१८ श्रावण २०७९, बुधबार १४:४०

काठमाडौं । केही समयदेखि बन्द भएको बैंकहरुको खाता अब घरमै बसेर केवाइसी अपडेट गरी सुचारु गर्न सकिने भएको छ ।
नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८, संशोधन गरी सो व्यवस्था ल्याएको हो । यसभन्दा अघिको निर्देशनमा कोभिड महामारीलाई मध्यनजर गर्दै राष्ट्र बैंकले सो ब्यवस्था लागू गरेको थियो ।
नेपाल राष्ट्र बैंकले सो ब्यवस्थालाई यथावत राखी विद्युतीय माध्यमबाट समेत ग्राहक पहिचान अद्यावधिक गरी।गराई सो को पुष्टि गर्ने व्यवस्था गरी निष्क्रिय खाता सुचारु गर्न सकिने जनाएको छ ।













