झिनो अंकले घट्यो नेप्से, चार उपसूचक चम्किँदा ४ अर्बमाथिको कारोबार
१८ श्रावण २०७९, बुधबार १५:१८

काठमाडौं । सातोको चौथो दिन बुधबार शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ६.७१ अंकले घटेर २१८६ को विन्दुमा कायम भएको छ ।
नेप्समा सूचीकृत २१८ कम्पनीको ९५ लाख ४२ हजार ६२६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २ करोड ९९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ब्यापार, हाइड्रोपावर, माइक्रोफाइनान्स र म्युचुअल पफण्ड समूहमा हरियाली छाएको छ भने सर्वाधिक निर्जिबन बीमा समूहको ८६.२९ रुपैयाँले घटेको छ ।












