नबिल बैंकद्धारा कर्मचारी माग
१८ श्रावण २०७९, बुधबार १६:५४

काठमाडौं । नबिल बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै कृषि परामर्शदाताका लागि कर्मचारी माग गरेको हो ।
बैंकले करार सेवाका लागि काठमाडौं तथा प्रदेश नं. १ का विभिन्न ठाउँमा कृषि परामर्शदाता माग गरेको हो । सो पदका लागि बैंकले कृषि विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले साउन २५ गतेभित्र कम्पनीको वेसबाइट https://www.nabilbank.com/individual/career मार्फत दरखास्त दिन सक्नेछन् ।














