आम्दानी बढेसँगै इन्फिनिटी लघुवित्तको नाफामा सुधार, चुक्तापुँजी ५९ प्रतिशतले बृद्धि

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.१४ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १२ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा दुवै बढेसँगै लघुवित्तको नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २५.८१ प्रतिशत बढेर ३४ करोड ५९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १५.८४ प्रतिशतले बढेर २१ करो्ड ६० लाख रुपैयाँ पुगेको छ ।
खुद नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घट्न पुगेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १२ रुपैयाँ १४ पैसा घटेर ३६ रुपैयाँ २४ पैसामा झरेको छ । असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २७.९८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ २१ पैसा रहेको छ ।
यस अवधिसम्म लुघवित्तको चुक्तापुँजी ५९ प्रतिशतले बढेर ४१ करोड ४५ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा २४ करोड ५४ लाख रुपैयाँ सञ्चित रहेको छ ।
यस अवधिसम्म लुघवित्तले बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ९१ करोड ३८ लाख रुपैयाँ सापटी लिई १ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन तथा ४ अर्ब ९० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।













