अर्ब क्लबमा जीवन विकास लघुवित्त, सवा ७८ करोड मुनाफा आर्जन गर्दा इपीएस कति ?

१९ श्रावण २०७९, बिहीबार १०:२१

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा सामान्य बढेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ७८ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.४० प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६८ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षमा लघुवित्तले उक्त रकम बराबरको नाफा कमाउँदा समेत आफ्ना शेयरधनीहरुलाई ७० प्रतिशत लाभांश वितरण गरेको थियो ।

गत आवमा लुघवित्तले अघिल्लो आवको तुलनामा नाफा १३ प्रतिशतले बढाएको छ । यसर्थ लघुवित्तले यस आर्थिक वर्षमा पनि नाफाका आधारमा राम्रै लाभांश दिन सक्ने सम्भावना रहेको छ ।

यस अवधिसम्म्म लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफा बढेसँगै लघुवित्तले खराब कर्जा कम मात्रै उठाएका कारण नाफामा सामान्य सुधार देखिएको हो । गत आवको असार मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी १२.५० प्रतिशतले बढेर १ अर्ब ५९ लाख ३८ हजार रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ११२ प्रतिशत बढेर ८१ करो्ड ७२ लाख रुपैयाँ पुगेको छ ।

खुद नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३७ रुपैयाँ ७४ पैसा घटेर ७५ रुपैयाँ ६० पैसामा झरेको छ । असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३५.७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २६९ रुपैयाँ ५१ पैसा रहेको छ ।

यस अवधिसम्म लुघवित्तको चुक्तापुँजी ७० प्रतिशत बृद्धि भएर १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषको आकार १७ प्रतिशत बढेर १ अर्ब ५४ करोड २० लाख रुपैयाँ संचित रहेको छ । यस अवधिसम्म लघुवित्तको चुक्तापुँजी बढेर अर्बको क्लबमा उक्लिएको छ ।

साथै यस अवधिसम्म लघुवित्तले बैंक तथा वित्तीय संस्थाबाट १० अर्ब रुपैयाँ सापटी लिई ९ अर्ब ५४ करोड ६६ लाख रुपैयाँ निक्षेप संकलन तथा २३ अर्ब ७७ करोड ९३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*