एनआइसी एशिया लघुवित्तको ५० हजार कित्ता शेयर बिक्रीमा, ३७५ रुपैयाँमा जो कोहीले आवेदन दिन पाउने

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । लघुवित्तले संस्थापक शेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट प्रा.लि.को स्वामित्वमा रहेको ५० हजार कित्ता सेयर बिक्री गर्ने भएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनी वा जो कोही व्यक्ति, कम्पनी, संघ संस्थाहरुले गोप्य सिलबन्दी बोलपत्र पेश गर्न सक्ने लघुवित्तले जनाएको छ ।
संस्थाले उक्त शेयरको न्यूनतम मूल्य ३७५ रुपैयाँ तोकेको छ । यसअनुसार आवेदकले सो वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
शिलबन्दी बोलपत्र आज (साउन १९ गते)बाट साउन २५ गते सम्म पेश गर्न सकिने छ । लघुवित्तका अनुसार सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम सबै सेयर संख्याका लागि आवेदन दिन सकिन्छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले एनआइसी एशिया लघुवित्तको केन्द्रीय कार्यालय तथा एनआइसी एशिया क्यापिटलको कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।













