सिटिजन्स बैंक र रा.जी. क्लिनिकबीच आकर्षण छुट सम्झौता

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा सुविधा प्रदान गर्ने क्रममा रुपन्देहीस्थित रा.जी. क्लिनिक प्रालिमा विभिन्न रोगसम्बन्धी सेवा लिँदा विशेष छुट दिने समझदारी पत्रमा दुई पक्षबीच हस्ताक्षर भएको छ।
उक्त सम्झौताअनुसार सिटिजन्स बैंकका ग्राहकले रा.जी. क्लिनिकमा गरिने स्वास्थपरीक्षणहरुमा २० प्रतिशत र फार्मेसीमा ७ प्रतिशत छुट पाउनेछन् भने ६५ वर्षभन्दा माथिका बिरामीका लागि चिकित्सक शुल्क र ल्याब टेस्टमा ३० प्रतिशतसम्म छुट दिइनेछ। यसका साथै बैंकका ग्राहकले क्लिनिकबाट दन्त परीक्षण र चिकित्सक परामर्शजस्ता सेवा निःशुल्क पाउनेछन्। दीर्घरोगीहरुका लागी घरमै सेवा दिने व्यवस्था पनि गरिएको छ।
बैंकले आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै बैंकले कियोस्क, ईकेवाईसी तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्नेजस्ता सुविधाको सुरुआत गरिसकेको छ।
सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १४ लाख ७१ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।













