ब्याज आम्दानी बढेसँगै सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ४५ प्रतिशतले बढ्यो, लाभांश क्षमता ११ प्रतिशत

२० श्रावण २०७९, शुक्रबार ०७:५३

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ५९ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकको नाफा ४५.२९ प्रतिशलते बृद्धि भएको हो । अघिल्लो आवको यसै अवधिसम्म बैंकले ४१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्म बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४४.८८ प्रतिशत बढेर १ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ पुगेको छ भने संचाल मुनाफा ४६.६९ प्रतिशतले बढेर ८६ करोड ४६ लाख रुपैयाँ पुगेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३४ करोड ८६ लाख रुपैयाँ रहेको छ । मुनाफा र चुक्तापुँजीको आधारमा गणना गर्दा बैंकले गत आर्थिक वर्षमा शेयरधनीहरुलाई ११.५७ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ ।

नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी सामान्य बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ८१ पैसा बढेर १९ रुपैयाँ ७९ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १९.०५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ५२ पैसा रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेर ३ अर्ब १ करोड ६ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषको आकार २८.१७ प्रतिशत बढेर १ अर्ब २५ करोड रुपैयाँ कोषमा संचित रहेको छ ।

त्यसैगरी, बैंकको निक्षेप १६.६९ प्रतिशत बढेको छ भने कर्जा २३.६० प्रतिशत बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*