गरिमा विकास बैंकको नाफासँगै इपीएस पनि बढ्यो, बाँड्न मिल्ले नाफा कति ?

२० श्रावण २०७९, शुक्रबार १०:३४

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ५ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकको नाफा अघिल्लो आवको तुलनामा २६.३५ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८३ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७५ करोड २ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३१.६७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ९.५० प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १५.४४ प्रतिशत र सञ्चालन मुनाफा २५.६८ प्रतिशत बढेको छ ।

नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी सामान्य बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३२ पैसा बढेर २३ रुपैयाँ ७ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.७८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ५७ पैसा रहेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी २४.५९ प्रतिशत बढेको छ भने जगेडा कोष २२.०६ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप ७.०५ प्रतिशत बढेको छ भने कर्जा १२.८४ प्रतिशत बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*