ग्रामिण विकास लघुवित्तको शेयर बिक्रीमा, ३५० मा जोकोहिले दिन पाउने आवेदन
२० श्रावण २०७९, शुक्रबार १०:४०

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाले एक सुचना प्रकाशित गर्दैै सो कुरा जानकारी जानकरी गराएको हो ।
कम्पनीले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको २३ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । उक्त शेयर खरिद गर्न चाहाने संस्थापकहरु, वा जो कोहि ब्यक्ति, कम्पनी, संघ, संस्थानले श्रावन २६ गते सम्म आवेदन दिन सक्ने भएका छन् ।
उक्त शेयर खरिदबिक्री गर्नको लागि बिक्री प्रबन्धकमा एन आई सी क्यापिटललाई नियुक्त गरेको छ ।













