इमर्जिङ्ग नेपालको नाफा र इपीएस दुबै घट्यो
२० श्रावण २०७९, शुक्रबार १०:४९

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्म १ करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
कम्पनीले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामा कम्पनीको नाफामाा सामान्य गिरावट आएको हो । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.३५ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २४ पैसा घटेर २ रुपैयाँ ८ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ६८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३२८.३८ गुणा रहेको छ ।













