यसकारण घट्यो गुराँस लघुवित्तको नाफा

२० श्रावण २०७९, शुक्रबार ११:३१

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ करोड २७ लाख ४७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार लघुवित्तको नाफा अघिल्लो आवको तुलनामा ४२.२३ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा संस्थाले २ करोड २० लाख ६४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपनि कर्मचारी तथा अन्य खर्च बढेको कारण लघुवित्तको नाफामा सुधार नदेखिएको हो ।

अघिल्लो आवको यस अवधिसम्म ३ करोड ८७ लाख रुपैयाँ मात्रै रहेको कर्मचारी खर्च यस अवधिसम्म बढेर ५ करोड १९ लाख रपैयाँ पुगेको छ भने अन्य खर्च १ करोड ५७ लाख रुपैयाँबाट बढेर २ करोड ६ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी १५.४८ प्रतिशतले घटेर ६ करोड ८० लाख रुपैयाँमा सीमित भएको छ भने संचालन मुनाफा ४०.१३ प्रतिशत घटेर २ करोड २ लाख रुपैयाँमा सीमित भएको छ ।

असार मसान्तसम्म आइपुग्दा लघुवित्तको चुक्तापुँजी बढेर ९ करोड ७५ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ३ करोड २९ लाख २५ हजार रुपैयाँ संचित रहेको छ ।

यस अवधिसम्म लघुवित्तको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७ पैसा र प्रतिसेयर नेटवर्थ भने १३३ रुपैयाँ ७७ पैसा रहेको छ । त्यस्तै लघुवित्तले बैंक तथा वित्तीय संस्थाबाट ८४ करोड ८३ लाख रुपैयाँ सापटी लिई २९ करोड ४९ लाख निक्षेप संकलन तथा १ अर्ब २२ करोड ८४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*