तत्कालै ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय

काठमाडौं । नेपाल बैकर्स संघले तत्कालै ब्याजदर नबढाउने सहमति गरेको छ । संघको आज बसेको बैठकले अहिलेको लागि ब्याजदर यथावत राख्ने सहमति गरेको हो ।‘अहिले ब्याजदर परिवर्तन गर्न मिल्ने भएपनि १० दिनको लागि यथावत राख्ने सहमति भएको छ,’संघका एक सदस्यले भने ।नेपाल राष्ट्र बैंकले नीतिगत दरहरु परिवर्तन गरेपछि ब्याजदर परिवर्तन गर्न सक्ने व्यवस्था गरेको थियो ।
राष्ट्र बैंकले बैंकदरलाई ७ प्रतिशतबाट बढाएर साढे ८ प्रतिशत बनाएको छ । यस्तै एकीकृत निर्देशिकामा संस्थागत तर्फ मुद्दति निक्षेपको ब्याजदर व्यक्तिगतभन्दा २ प्रतिशत बिन्दुले कम हुनुपर्ने निर्देशन दिएको हो ।
साउन महिनाको लागि ब्याजदर यथावत राख्ने भदौ महिनामा के गर्ने विषयमा साउनको अन्तिममा निर्णय लिने सहमति संघको बैठकमा भएको छ ।काठमाडौं । नेपाल बैकर्स संघले तत्कालै ब्याजदर नबढाउने सहमति गरेको छ । संघको आज बसेको बैठकले हाललाई ब्याजदर स्थिर राख्ने सहमती गरेको हो ।
‘अहिले ब्याजदर परिवर्तन गर्न मिल्ने भएपनि १० दिनको लागि यथावत राख्ने सहमति भएको छ,’ संघका एक सदस्यले भने । नेपाल राष्ट्र बैंकले नीतिगत दरहरु परिवर्तन गरेपछि ब्याजदर परिवर्तन गर्न सक्ने व्यवस्था गरेको थियो ।साउन महिनाको लागि ब्याजदर यथावत राख्ने भदौ महिनामा के गर्ने विषयमा साउनको अन्तिममा निर्णय लिने सहमति संघको बैठकमा भएको छ ।












