आम्दानीसँगै समिट लघुवित्तको खुद नाफा २१ प्रतिशतले बढ्यो

२० श्रावण २०७९, शुक्रबार ११:४१

काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १४ करोड ५३ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार लघुवित्तको नाफा अघिल्लो आवको तुलनामा २१.२९ प्रतिशतले बढ्न पुगेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यसले ११ करोड ९८ लाख ३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ । यसको खराब कर्जामा पनि सुधार आएको छ । यसकारण लघुवित्तको मुनाफा बढ्न सहयोग पुगेको हो ।

समिक्षा अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी १८.३५ प्रतितशले बृद्धि भएको छ भने संचालन मुनाफा २१.२९ प्रतिशतले बृद्धि भएको छ ।
असार मसान्तसम्म आइपुग्दा लघुवित्तको चुक्तापुँजी २५.२९ प्रतिशतले बृद्धि भएर ४९ करोड ४० लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषको आकार १६.२४ प्रतिशत बढेर कोषमा २५ करोड ३२ लाख रुपैयाँ संचित रहेको छ ।

त्यस्तै, यस अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ४२ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ २७ पैसा छ ।
संस्थाले समिक्षा अवधिसम्ममा १ अर्ब ३८ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५ अर्ब ६८ करोड ९८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*