गरिमा विकास बैंकको संस्थापक शेयर बिक्रीमा
२० श्रावण २०७९, शुक्रबार ११:४२

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक समूहको संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले संस्थाका केही संस्थापक शेयरधनीको नाममा रहेको केही कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको हो ।
उक्त संस्थापक शेयरमा विद्यमान संस्थापक शेयरधनीबाहेक अन्य व्यक्ति तथा संस्थाले सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र बैंकको प्रधान कार्यलय लाजिम्पाट, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
बैंकले योभन्दा अगाडी नै विद्ययमान शेयरधनीका लागि ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयर विक्रीमा ल्याइसकेको छ ।












