आइसीएफसी फाइनान्सको विरतणयोग्य मुनाफा ११ करोड ८४ लाख रुपैयाँ, नाफा र लाभांश क्षमता कति ?

काठमाडौं । आइसीएफसी फाइनान्सले गत आर्थिक वर्षको असार मसान्तसम्म २० करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
कम्पनीले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको नाफा अघिल्लो आवको तुलनामा २०.२१ प्रतिशतले घटेको छ । अघिल्लो आवको यसै अवधिसम्ममा कम्पनीले २५ लाख १४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी बढेपनि संचालन नाफा घट्न पुगेको छ । यसकारण कम्पनीको नाफामा गिरावट आएको हो ।
समिक्षा अवधिसम्म फाइनान्सको खुद ब्याज आम्दानी ४९.१४ प्रतिशत बढेर ४७ करोड ६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २०.३९ प्रतिशत घटेर २७ करोड ४८ करोड रुपैयाँमा सीमित भएको छ ।
नाफा घटेपनि कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ११ करोड ८४ लाख ८४ हजार रुपैयाँ वितरणयोग्य मुनाफा संचित गरेको छ । यसर्थ कम्पनीले गत आवको लागि १०.५१ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ ।
यस अवधिसम्म फाइनान्सको चुक्तापुँजी १० प्रतिशत बढेर १ अर्ब १२ करोड ७१ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ४९ करोड ७४ लाख रुपैयाँ संचित रहेको छ ।
त्यस्तै, समिक्षा अवधिसम्म फाइनान्सको प्रतिशेयर आम्दानी घटेर १७ रुपैयाँ ८० पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ६४ पैसा रहेको छ ।













