नबिल बैंकमा होम्मिए लगानीकर्ता, शुक्रबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

२० श्रावण २०७९, शुक्रबार १३:०६

काठमाडौं । शुक्रबार शेयरबजारमा गिरावट आएको छ । नेप्से परिसूचक आज ३४.८५ अंकले घटेर २११३ को विन्दुमा कायम हुन पुगेको छ ।

उतारचढावकाबीच आज शेयरमार्केटमा उच्च अंकको गिरावट आएको हो । शुक्रबारको शेयरबजारमा २ अर्ब ६२ करोडमाथिका मात्रै कारोबार भएको छ । यसअघिका शुक्रबार कारोबारमा पनि कारोबार रकम पनि खासै माथि उक्लिएको थिएन । धितोपत्र बोर्ड र नेप्सले शुक्रबारको कारोबार बन्द गर्ने तयारी गरेको छ ।

आज सो रकम बराबरको हुँदा आज सर्वाधिक शिवम् सिमेन्ट्सको १५ करोड ६६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, नबिल बैंकको १४ करोड १४ लाख माथिको कारोबार भएको छ । बैंकले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार सबै सूचकमा सुधार देखिएसँगै आज नबिल बैंकको शेयर किन्न लगानीकर्ता होम्मिएका हुन् ।

त्यस्तै, हिमालयन डिस्टिलरीको ९ करोड ६२ लाख, अपि पावरको ५ करोड ६७ लाख र अरुण काबेली पावरको ५ करोड ६० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*