आज यी कम्पनीको शेयर मूल्य बढ्यो
२० श्रावण २०७९, शुक्रबार १३:१४

काठमाडौं । लगातार उतारचढावमा देखिइरहेको सेयर बजारमा शुक्रबार आधा दिनको कारोबारमा पनि गिरावट आएको छ। सेयर कारोबार शुक्रबार बन्द हुनुपर्ने आवाज उठिरँदा बजारले लगानीकर्ताको साथ पाएको छैन।
शुक्रबार ३४.८५ अंकले घटेर बजार २११३.३० बिन्दुमा झरेको छ। जहाँ २ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको छ। २१ कम्पनीको मात्र सेयर मूल्य बढ्दा १५७ कम्पनीको मूल्यमा गिरावट आएको छ।
जोशी हाईड्रोपावर, ग्लोबल आइएमई समुन्नत फण्ड, उपकार लघुवित्त, कालिका लघुवित्त, बलेफी हाईड्रोपावरका लगानीकर्ताले धेरै कमाएका छन् ।














