नेप्सेमा ३४ अंकको गिरावट, बीमा र लघुवित्त समूह सर्वाधिक घट्दा २ अर्बमाथिको कारोबार

२० श्रावण २०७९, शुक्रबार १३:१५

काठमाडौं । शुक्रबार शेयरबजारमा गिरावट आएको छ । नेप्से परिसूचक आज ३४.८५ अंकले घटेर २११३ को विन्दुमा कायम हुन पुगेको छ ।

उतारचढावकाबीच आज शेयरमार्केटमा उच्च अंकको गिरावट आएको हो । नेप्सेमा सूचीकृत २१३ कम्पनीको ६४ लाख १६ हजार ६२९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६२ करोडमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज म्युचुअल फण्ड समूह बाहेकका सबै सूचक राताम्य रहेका छन् । सर्वाधिक आज बीमा र माइक्रोफाइनान्स समूहको घट्ेन पुगेको छ । जीवन बीमा समूहको १.२ प्रतिशत अर्थात ११९ रुपैयाँ ९९ पैसाले घटेको छ भने माइक्रोफाइानान्सको २.३७ प्रतिशत ११६ रुपैयाँ ७७ पैसाले घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*