हिमालयन हाइड्रोपावरको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

काठमाडौं । हिमालयन हाइड्रोपावरले आफ्नो कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ ।
सो सम्बन्धमा ग्लोबल आइएमई क्यापीटल लि.को रजिष्टर्ड कार्यालय, नक्साल, काठमाण्डौंमा आयोजना गरिएको एक कार्यक्रममा उक्त हाइड्रोपावर कम्पनी र क्यापीटल बीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सम्झौतापत्रमा हाइड्रोपावर कम्पनीकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत अभिषेक के.सी. र क्यापीटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेको हो।
कम्पनीले कास्की जिल्लाको मादी गाउँपालिकामा १२ मेगावाटको नामार्जुन मादी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरी मिति २०७७/०६/१२ गतेदेखि व्यापारिक उत्पादन शुरु गरेको र उत्पादित विद्युतशक्ति राष्ट्रिय प्रसारण लाईनमा जोडिइसकेको यस कम्पनीको अधिकृत पुँजी रु. १९८ करोड तथा जारी पुँजी रु. १०९.५० करोड रहेको छ ।
सर्वसाधारण समुहतर्फ छुट्याइएको २०.५५ प्रतिशत अर्थात रु. २२.५० करोड बराबरको शेयरमध्ये आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ जिल्लाका स्थानिय बासिन्दाहरुको लागि ८.२२ प्रतिशत अर्थात रु. ९ करोड र सर्वसाधारणको लागि १२.३३ प्रतिशत अर्थात रु. १३.५० करोड बराबरको शेयर हालै मात्र सार्वजनिक निष्कासन गरी बाँडफाँट समेत गरिसकिएको छ । मिति २०७९/०३/१५ गतेदेखि मिति २०७९/०३/१९ गतेसम्म सर्वसाधारणको लागि शेयरको निष्कासन तथा बिक्री खुल्ला भएको यस कम्पनीको सार्वजनिक निष्कासनमा सर्वसाधारण लगानीकर्ताहरुको उत्साहप्रद सहभागिता रहेको थियो ।













