अभियान लघुवित्तको आइपीओमा १७ गुणा भन्दा बढी आवेदन
२० श्रावण २०७९, शुक्रबार १७:५०

काठमाडौं । अभियान लघुवित्तको आइपीओमा १ अर्ब ६३ करोड ६६ लाख ६२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
सीडीएसका अनुसार आज शुक्रबार दिउँसो १ः४६ बजेसम्ममा १४ लाख ३० हजार ४०६ जनाले १ करोड ६३ लाख ६६ हजार ६२० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा १७.९१ गुणा बढी आवेदन हो । कम्पनीले साउन १८ गते देखि ९ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको ।
उक्त आइपिओमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । सो आइपिओको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ ।













